Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल : लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको १सय ६७ रनको लक्ष्य बेङ्गलुरुले ८ विकेट गुमाएर पूरा गरेको हो  ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५७ रन बनाउँदा बलिङमा बेङ्गलुरुका भुवनेश्वर कुमारले ४ विकेट लिए ।

जितसँगै बेङ्गलुरु १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

त्यसअघि हिजै चेन्नई सुपर किङ्ग्ससँग पाँच विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।

चेन्नईमा भएको खेलमा लखनऊले दिएको २ सय ४ रनको लक्ष्य चेन्नईले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077