Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुधबार बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित

बुधबार बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं। मंगलबार बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार ३० गते बस्नेगरि स्थगित भएको जानकारी दिए।

दोस्रो दिन बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनेता गणेश पराजुली, प्रमुख प्रतिपक्ष दल तथा नेपाली काँग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गरेका थिए ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका उपनेता पराजुलीले  जनताले दिएको विश्वासकै आधारमा रास्वपा हाल जनतामाझ गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने दिशामा काम गरिरहेको बताएका थिए। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रतिनिधि सभा बैठकमा बोल्दै आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको विषयमा व्यङ्ग्य गर्दै प्रधानमन्त्री बालेन शाहको तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेका थिए। 

बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेता बादलले भने आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए ।

यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पनि प्रधानमन्त्री बालेन शाह जनताको जवाफ दिन नसक्ने अयोग्य भएको हो ? भन्दै प्रश्न गरेका थिए। 

यस्तै राप्रपा संसदीय दलका नेता शाहीले पनि बैठकमा बोल्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु रहेको दाबी गरेका थिए।  ।

बजेट अधिवेशनको पहिलो दिन भने राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077