Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हैदरावादलाई हराउँदै गुजरात आईपीएलको शीर्षस्थानमा

हैदरावादलाई हराउँदै गुजरात आईपीएलको शीर्षस्थानमा

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई हराएको छ । गुजरात ८२ रनले विजयी भएको हो । 

हिजो बेलुका अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६१ रन बनाए । 

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले ३र३ विकेट लिए । 

आईपीएल अङ्क तालिकामा गुजरात १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेका छ भने हैदरावाद समान खेलमा १४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० र कोलकाता नाइट राइडर्सले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077