Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलकातालाई हराउँदै आरसीबी आईपीएलको शीर्षस्थानमा उक्लियो

कोलकातालाई हराउँदै आरसीबी आईपीएलको शीर्षस्थानमा उक्लियो

बिहिवार , बैशाख ३१, २०८३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । आरसीबी ६ विकेटले विजयी भएसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । 

रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर १९२ रन बनायो । कोलकाताले दिएको १९३ रनको लक्ष्य पछ्याएको आरसीबीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

आरसीबीको जीतमा कप्तान विराट कोहलीले अविजित रहँदै ६० बलमा १०५ रनको शतकीय पारी खेले । त्यस्तै, देवदत्त पडिक्कलले ३९ रन बनाए । 

आईपीएलको अङ्क तालिकामा आरसीबी १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेको छ भने कोलकाता ११ खेलमा ९ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे धर्मशालामा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077