Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपा संसदीय दलका नेता पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

रास्वपा संसदीय दलका नेता पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन् । 

वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन सभामुख डीपी अर्यालले आज रुलिङ गरेका हुन् । 

पराजुलीले संसद्मा सम्बोधनको क्रममा भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो शब्द प्रयोग गरेका थिए । 

 बुधबार बसेको बैठकमा विपक्षी दलका नेताहरुले उनले दिएको अभिव्यक्ति हटाउन माग गरेका थिए ।

साथै सभामुख अर्यालले सांसदहरूलाई सदनमा बोल्दा प्रयोग गर्ने भाषामा ध्यान दिन समेत आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077