Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्बौं रकम अपचलनमा समानान्तरका खरेल, सम्पत्ति शुद्धीकरण र सीआईबीले थाल्यो छानविन

अर्बौं रकम अपचलनमा समानान्तरका खरेल, सम्पत्ति शुद्धीकरण र सीआईबीले थाल्यो छानविन

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । अर्बौंका सरकारी ठेक्का सेटिङमा हत्याउँदै आएको समानान्तर निर्माण सेवाले आयकर छली र नक्कली भ्याटबील प्रयोग गरेर राज्यलाई करोडौं हानी नोक्सानी पुर्याएको खुलेको छ । 

राजश्व अनुसन्धान विभागले २०७८ पुसमा अच्यूत खरेल सञ्चालक रहेको समानान्तर निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । 

त्यतिखेर राजश्वका महानिर्देशक रहेका प्रकाश पौडेललाई खरेलले राजनीतिक दबाबमा छानविन गर्न नदिई उन्मुक्ति पाएका थिए । 

छानविनका क्रममा खरेलले रेलिगेयर कन्ष्ट्रक्सनमार्फत ५० करोडभन्दा बढी रकम अवैध रुपमा कारोबार गरेको भेटिएको थियो । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सेटिङ गरी खरेल कारबाहीबाट जोगिएका थिए । 

रेलिगेयरमार्फत खरेलले कारोबार गरेको उक्त फाइल राजश्व अनुसन्धान विभागबाट झिकाएर दाइ केशवप्रसाद खरेलसहित उनीमाथि सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टाछुटै रुपमा छानविन गरिरहेको स्रोत बताउँछ । 

अवैध रकमलाई बैध बनाउँदा खरेलसँगै रेलिगेयरका सञ्चालक शेरबहादुर केसी पनि अनुसन्धानमा तानिने देखिएको छ । 

खरेलले नेपाल आयल निगमको डिपो, भवनलगायतका सरकारी ठेक्का कब्जा गर्दा लिएको मोविलाइजेसनको रकम घुसमा खर्च गर्ने क्रममा रेलिगेयरको खातामा राखी अपचलन गरेको समेत भेटिएको छ । 

विभागले तीन वर्ष अघि पनि समानान्तरका सञ्चालक तथा निर्देशक केशवप्रसाद खरेलमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध बनाएकै कारण खरेल दाजुभाइमाथि कुनै कारबाही हुन सकेको थिएन । 

विभागले खरेलमाथि सन् २०१७ देखि २०२१ सम्मका खाता विवरण अनुसन्धान गर्दा ५ वर्षको अवधिमा खरेलको खातामा १ अर्ब १५ करोडको रुपैयाँको शंकाष्पद कारोबार भेटिएको थियो । 

उनले अबैध स्रोतबाट प्राप्त धनलाई वैध बनाउन व्यक्तिगत खाता प्रयोग गरेको भेटिएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० (ख) र ८४ बमोजिम खरेलमाथि मुद्दा चलाउनुपर्ने राय समेत विभागको थियो । तर, तत्कालिन प्रधानमन्त्री ओलीकै दबावमा खरेलमाथिको छानबीन प्रभावित भएको थियो । 

सीआईबी र विभागको टोलीले केही दिन भित्रमै खरेललाई वयानका लागि बोलाउने तयारी गरेको समेत स्रोतले बताएको छ । यद्यपी सीआईबी र विभागका अधिकारीहरु गोप्य रुपमा अनुसन्धान भएको भन्दै यसबारेमा केही बोल्न चाहेनन् । 

तत्कालिन प्रधानमन्त्री ओली, तत्कालिन अख्तियारका पूर्वप्रमुख नवीन घिमिरे, एमाले सचिव महेश बस्नेत, सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरलगायतसँगको सेटिङमा खरेलले सरकारी ठेक्का हत्याउँदै आएका छन् । 

अर्बौंका सरकारी ठेक्का सेटिङमा हत्याउँदै आएका समानान्तरका खरेल दाजुभाइमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अर्बौंका सरकारी ठेक्का सेटिङमा हत्याउँदै आएका समानान्तरका खरेल दाजुभाइमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

स्रोतका अनुसार घिमिरेको बुढानिलकण्ठमा रहेको घर नै खरेलले बनाइदिएका हुन् । सीआईबीले उक्त घरमाथि पनि गोप्य रुपमा छानविन गरिरहेको स्रोत बताउँछ ।  

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरपालिकाको मेयर हुँदा खरेलको कम्पनी समानान्तरलाई कालो सूचीमा राख्न सिफारिस भएको थियो । तर, तत्कालिन प्रधानमन्त्री ओलीले नै खरेललाई जोगाएका थिए । 

काठमाडौं महानगरको वसुन्धरादेखि म्हैपीसम्म ढल निर्माणको ठेक्कामा ‘गलत विवरण’ पेस गरेको भन्दै समानान्तरविरुद्ध महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कारबाही सिफारिस गरेको थियो ।

ठेक्कामा गलत विवरण पेस गरेपछि महानगरले खरेल सञ्चालक रहेको ठेकेदार कम्पनी समानान्तरलाई कालोसूचीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

तर, त्यतिबेला खरेलको कम्पनीलाई कारबाही गर्नुको सट्टा उल्टै काठमाडौं महानगरकै कर्मचारीहरुमाथि अख्तियारले डन्डा चलाएको थियो । 

समानान्तरले बोलपत्र आह्वान हुँदा नै आफूअनुकुलका स्पेसिफिकेसन राखी ठेक्का हत्याउने गरेको कतिपय ठेक्काबाटै पुष्टि भएको छ । 

काठमाडौं महानगरकै भवन निर्माणको ठेक्कामा समानान्तरले मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नै दायर गरेको थियो । 

तर, ठेक्का पाएको कम्पनी समानान्तरलाई जोगाएर अख्तियारले उल्टै महानगरका कर्मचारीहरुलाई मुद्दा चलाएको थियो । 

अच्युत प्रसाल खरेलमाथि रामशाहपथमा निर्माणाधिन सर्वाेच्च अदालतको भवनको ठेक्का, भक्तपुर जिल्ला अदालतको ठेक्का, राष्ट्रपति निवासको नयाँ भवन निर्माण, राष्ट्रपति कार्यालयको पुरानो भवनको मर्मत सुधार, विशालनगरको रेल्वे विभागको भवन निर्माण, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भवन निर्माण, काठमाडौं उपत्यका विकास प्राधिकरणको भवन निर्माण, राहदानी र कन्सुलर विभागको त्रिपुरेश्वरको भवन निर्माण, जल तथा मौसम विज्ञान विभागको भवन निर्माण, रक्षा मन्त्रालयको भवन बनाउने ठेक्कामा समेत सेटिङ गरेको आरोप लाग्दै आएको छ । 

त्यसो त औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुको ठेक्का, राष्ट्रिय प्राणी उद्यानको ठेक्का बालुवाटारमा नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्का, गोदावरी सनराइज सम्मेलन केन्द्र ठेक्का र महान्यायाधिवक्ताको कार्यालयको ठेक्कासमेतको ठेक्का समानान्तरले नै पाउनुमा आशंका उब्जिएको छ । 

यतिमात्रै होइन ललितपुरको भैसेपाटीमा निर्माण सम्पन्न भइसकेको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क तथा आवास भवनको ठेक्का र नेपाल आयल निगमको बबरमहलमा निर्माण सम्पन्न भवनको ठेक्का पनि समानान्तरले नै सेटिङमा पाएको थियो । कतिपय ठेक्का भने उनले ह्याकिङ गरेर हत्याएको आरोप लागेको छ । 

सीआईबीले ठेक्का ह्याकिङ प्रकरणमा १३ जना ठेकेदारहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, खरेल भने पहुँचकै आधारमा अहिलसम्म जोगिदै आएका छन् । 

आफैले कालोसूचीमा राखेका ‘ठेक्का सेटिङका डन’ खरेललाई कस्तो कारबाही गर्लान् बालेनले ? आफैले कालोसूचीमा राखेका ‘ठेक्का सेटिङका डन’ खरेललाई कस्तो कारबाही गर्लान् बालेनले ?

खरेलले नेपाल प्रहरीका भवन निर्माणदेखि फास्ट ट्य्राकको समेत ठेक्का हत्याएका छन् । दुईवटा चिनियाँ कम्पनीसँग जेभी गरेर खरेलले फास्ट ट्य्राकको प्याकेज २ अन्तर्गत सुरुङ र पुल निर्माणणे ठेक्का हत्याएका थिए । उक्त प्रकरणमा ६ वर्ष अघि सार्वजनिक लेखा समितिले ठेक्का नै रद्द गर्न नेपाली सेनालाई पत्राचार नै गरेको थियो ।

नेपाल प्रहरीमा अधिकांश ठेक्कामा भेरिफिकेसन अर्डर (भिओ) गर्न लगाएर उनले मनपरी गरेको समेत खुलेको छ । 

यतिमात्रै होइन ई–बिडिङ ह्याकिङ प्रकरणमा पनि खरेल दाजुभाइमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धन थालेको स्रोतको दावी छ । 

खरेल र उनको कम्पनीले गरेको अपचलनको विषयमा प्रतिक्रियाका लागि अच्यूतप्रसाद खरेललाई पटक–पटक प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077