Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो । यसअघि नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित रहेका बेला अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट जवाफ प्रस्तुत गरेका हुन्।

बैठकमा नीति तथा कार्यक्रमका विभिन्न प्रावधान, कार्यान्वयन पक्ष र प्राथमिकताका विषयमा सांसदहरूले विस्तृत छलफल गरेका थिए। सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अब आगामी आर्थिक वर्षका बजेट तथा कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077