Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रतिपक्षको बहिष्कार र नाराबाजीबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिपक्षको बहिष्कार र नाराबाजीबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बैठक विपक्षी दलहरूको नाराबाजी र बहिष्कारबीच सञ्चालन भएको थियो ।

बिहीबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि सभामुख डीपी अर्यालले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए।

त्यसअघि सभामुखले संशोधन फिर्ता लिन चाहने सांसदहरूलाई समय उपलब्ध गराएका थिए। तर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार विपक्षी दलहरूले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनभित्रै उभिएर विरोध जनाएको थियो।

सदनमा सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बहुमत रहेको अवस्थामा विपक्षीका सबै संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएका हुन्। त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतका आधारमा पारित गरिएको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले लामो समयसम्म सदन अवरुद्ध गरेका थिए।

विपक्षीको अवरोध र बहिष्कारका बीच पनि सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै आगामी बजेट कार्यान्वयनको मार्ग खुलेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077