Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश

नेपाल इन्भेस्टमेन्ट बैंकका सीईओ पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई रिहा गरी अनुसन्धान जारी राख्न निर्देशन दिएकका हुन् । 

पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासँग पाँच अर्बको वित्तिय घोटालामासम्बन्धित विषयमा आपराधिक विश्वासघातलगायतका कसुरमा अनुसन्धान गर्दै पक्राउ गरेको थियो।

त्यसपछि पाण्डेकी पत्नी निरु दाहालले उनलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन्।

पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार तत्काल नदेखिएको निष्कर्षसहित अदालतले बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो।

साथै अदालतले पाण्डेलाई विदेश जानुपर्ने अवस्था आएमा पूर्वअनुमतिबिना मुलुक बाहिर जान नपाउने व्यवस्था गर्न पनि आदेश दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077