Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

५ अर्बको वित्तिय अपराधमा पक्राउ परे इन्भेष्टमेन्ट बैंकका सिइओ पाण्डे

५ अर्बको वित्तिय अपराधमा पक्राउ परे इन्भेष्टमेन्ट बैंकका सिइओ पाण्डे

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । स्मार्ट टेलिकमसँग जोडिएको पाँच अर्बको वित्तिय घोटालामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतीप्रकाश पाण्डे पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो । बैंकको समेत मिलेमतोमा स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको सिआइबीका एक अधिकारीले बताए।

इजाजत खारेज भइसकेपछि स्मार्ट टेलिकमको सम्पत्ति सरकारको हुनुपर्नेमा बैंक समेतको मिलेमतोमा लीलामी गरेर एनसेललाई बिक्रि गरिएको थियो।

कमिसनको खेलमा बैंकले समेत गलत प्रक्रियाबाट लिलामी गरेको छानबिनमा खुलेको छ। यसमा सिआइबीले यसअघि स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीसहित तीन जनालाई पक्राउ गरिसकेको छ।

एनसेलका सतिशलाल आचार्य र सचिनलाललाई  समेत पक्राउको तयारी भइरहेको सिआइबी स्रोत बताउँछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077