Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जबज आज पनि जीवित छ, मदन–आश्रितको विचारले देशलाई दिशा दिइरहेको छ : महेश बस्नेत

जबज आज पनि जीवित छ, मदन–आश्रितको विचारले देशलाई दिशा दिइरहेको छ : महेश बस्नेत

आइतवार , जेठ ३, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले जनताको बहुदलीय जनवाद (जबज) नेपाली राजनीति र जनअधिकारको मार्गदर्शक सिद्धान्त भएको बताएका छन्।

मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितले छोडेको विचार र संघर्ष आज पनि सान्दर्भिक रहेको उल्लेख गरे।

सामाजिक सञ्जालमार्फत उनले दासढुंगाको रहस्यमय घटनाले दुई असाधारण नेता गुमाएको भए पनि उनीहरूले स्थापित गरेको राजनीतिक विचारधारा अझै जीवित रहेको बताएका हुन्।

उनले लेखेका छन्, “आज मदन–आश्रितको ३३औँ स्मृति दिवस। दासढुंगाको त्यो रहस्यमय घटनाले हामीबाट दुई असाधारण योद्धा गुमायो, तर उहाँहरूले छोड्नुभएको विचार, संघर्ष र राजनीतिक मार्गदर्शन आज पनि जीवित छ।”

बस्नेतले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त नभई परिवर्तन, लोकतन्त्र र जनताको अधिकार सुनिश्चित गर्ने मार्गदर्शन भएको बताएका छन्।

उनले मदन भण्डारी र जीवराज आश्रितको सपना, योगदान र संघर्षप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077