Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदन–आश्रितको विचार आज पनि एमालेको शक्ति : पूर्वराष्ट्रपति भण्डारी

मदन–आश्रितको विचार आज पनि एमालेको शक्ति : पूर्वराष्ट्रपति भण्डारी

आइतवार , जेठ ३, २०८३

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनतामाझ स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताएकी छन्।

मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवाद (जबज)ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्ग देखाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।

सामाजिक सञ्जालमार्फत उनले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन अभूतपूर्व योगदान दिएको बताएकी छन्।

उनले भनिन्, “मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो। जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जबज’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गरेको छ।”

पूर्वराष्ट्रपति भण्डारीले वर्तमान चुनौतीहरूको सामना गर्न पार्टीभित्र सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको धारणा राखिन्। जनअपेक्षा र सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिइन्।

उनले जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सिद्धान्त र व्यवहारबीच तालमेल मिलाएर जनविश्वास अझ बलियो बनाउनुपर्ने बताइन्।

भण्डारीले मदन भण्डारीले अघि सारेको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्।

उनले मदन–आश्रित स्मृति दिवसले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077