Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पन्जाबलाई हराउँदै बैंगलुरु प्लेअफमा

पन्जाबलाई हराउँदै बैंगलुरु प्लेअफमा

आइतवार , जेठ ३, २०८३

एजेन्सी । पन्जाब किंग्सविरुद्ध २३ रनको जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा पुगेको छ ।

बैंगलुरु जारी संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली हो । जितसँगै १३ खेलमा १८ अंक जोडेको बैंगलुरु शीर्ष स्थानमा छ । लगातार छैटौँ हार ब्यहोरेको पन्जाब समान खेलबाट १३ अंकका साथ चौथो स्थानमा छ । 

आइतबार धर्मशालामा बैंगलुरुले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १९९ रन बनायो । 

पन्जाबका शशांक सिंहले ५६ रनको इनिङ खेले । उनले २७ बलमा समान चार चौका र छक्का प्रहार गरे । कुपर कोनोली र मार्कस स्टोइनिसले समान ३७ र सूर्यान्श शेड्गेले ३५ रन बनाए । 

बैंगलुरुका रसिक सलामले तीन विकेट लिए । भुुवनेश्वर कुमारले दुई विकेट हात पार्दा जोश हेजलउड, सुयश शर्मा र रोमारियो शेफर्डको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि टस हारेर ब्याटिङका लागि आएको बैंगलुरुले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२२ रनको योगफल खडा गरेको थियो । 

बैंगलुरुका वेंकटेश अय्यरले अविजित ७३ रनको इनिङ खेले । उनले ४० बलमा आठ चौका र चार छक्का प्रहार गरे । 

विराट कोहलीले ५८ रनको योगदान गरे । उनले ३७ बलमा चार चौका र तीन छक्का प्रहार गरे । देवदत्त पडिकलले ४५, टिम डेविडले २८ र ज्याकोब बेथेलले ११ रन बनाए । 

पन्जाबका हरप्रीत ब्रारले दुई विकेट लिए । अर्शदीप सिंह र युजवेन्दर चहलले समान एक विकेट हात पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077