Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेशनल मेडिकल कलेजले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

नेशनल मेडिकल कलेजले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

आइतवार , जेठ ३, २०८३

वीरगञ्ज । मधेश प्रदेशकै उत्कृष्ट मेडिकल कलेजका रूपमा परिचित वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ।

कलेजले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको प्रमाणीकरण हासिल गरेको हो । मधेश प्रदेशकै उत्कृष्ट मेडिकल कलेजका रूपमा रहेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको छ ।

गुणस्तरीय चिकित्सा शिक्षासँगै स्वास्थ्य उपचारमा अग्रणी रहेको नेशनल मेडिकल कलेजले  आइएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको हो ।

गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा अग्रणी संस्थाका रूपमा रहेको कलेजको व्यवस्थापन प्रणाली, सेवा प्रवाह र कार्यप्रणालीको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।

यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कलेजले जनाएको छ ।

आइएसओ ९००१ः२०१५ प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू समेटिएका छन् ।

यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ ।

अस्पताल व्यवस्थापनले उक्त प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रक्रिया–केन्द्रित तथा सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ ।

‘आइएसओ ९००१स्२०१५ प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,’ कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले भने ।

बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न कलेज निरन्तर प्रतिबद्ध रहने उनले बताए ।

अस्पताल नेतृत्वले आइएसओ प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ ।

यस उपलब्धिसँगै नेशनल मेडिकल कलेज मधेश प्रदेशकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077