Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज पनि जारी, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल

प्रतिनिधिसभा बैठक आज पनि जारी, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल निरन्तर रहने भएको छ।

सभामुख डोलप्रसाद अर्यालका अनुसार सोमबारदेखि सुरु भएको छलफलमा सांसदहरूको धारणा प्रस्तुत गर्ने क्रम आजको बैठकमा पनि जारी रहनेछ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। त्यसपछि सुरु भएको छलफल प्रतिनिधि सभामा निरन्तर रूपमा अघि बढिरहेको हो।

छलफल सकिएपछि बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको सभामुखले जानकारी दिएका छन्।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077