एजेन्सी । एस्टनभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा जर्मन क्लबफ्राइबर्गलाई ३–० गोलले हराउँदै एस्टनभिल्लाले ३० वर्षपछि ठूलो सफलता हात पारेको हो ।
खेलमा युरी टिलेमान्सले ४१ मिनेटमा पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको ५८ मिनेट अर्को गोल थपेका थिए ।
योसँगै एस्टन भिल्लाले सन् १९९६ पछि पहिलो पटक ठूलो उपाधि जितेको हो ।