Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विपक्षी दलहरूको नाराबाजीका बाबजुद अघि बढे सभामुख, संसद बैठक जारी

विपक्षी दलहरूको नाराबाजीका बाबजुद अघि बढे सभामुख, संसद बैठक जारी

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरिरहेपनि सभामुख डिपी अर्यालले बैठकलाई निरन्तरता दिएका छन् । 

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थिगित गरेका सभामुखले झण्डै २ घण्टापछि आएर बैठकलाई निरन्तरता दिएका हुन् । 

बैठक स्थिगित गरेर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ भेट्न पुगेका सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।

अहिले विपक्षीहरू संसदमा नाराबाजी गरिरहेका छन् ।  

सभामुख अर्यालले विपक्षीका विरोधका बाबजुद तीनवटा विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् । 

विपक्षीको विरोध कायमै रहेका बेला सभामुख अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान विधेयक बहुमतले स्वीकृृत भएको घोषणा गरेका हुन् । 

बालेनलाई सदनमा उपस्थित गराउने सभामुखको प्रयास असफल

विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराउने प्रयास गरे ।

तर, प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीकाबीच संसद् बैठक अघि बढाएका छन् । सभामुख अर्याल निकट स्रोतले बताएका अनुसार, आजै दुई पटक सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेट गरेका थिए ।

यद्यपि उनी बैठकमा जान तयार नभएपछि सभामुख अर्यालले अवरोधकाबीच बैठक अघि बढाएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री, गृहमन्त्री र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसदमा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसदमा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएर सदनको बेल घेराउ गरेका हुन् ।

यद्यपी सभामुख अर्यालले बैठक जारी राखेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077