Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीको बचाउमा बोल्दै महेश बस्नेतले भने - नेतृत्व सक्षम छ, कसैले राजीनामा मागेको छैन

ओलीको बचाउमा बोल्दै महेश बस्नेतले भने - नेतृत्व सक्षम छ, कसैले राजीनामा मागेको छैन

शनिवार , जेठ ९, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव मशेह बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व असफल भएको भन्न नमिल्ने बताएका छन् । उनले अहिलेसम्म पार्टीभित्र कसैले पनि ओलीको राजीनामा नमागेको दाबी गरेका छन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले जेनजी आन्दोलनपछि अध्यक्ष ओलीसहित शीर्ष नेताहरूको हत्या गर्ने ठूलो षड्यन्त्र भएको खुलासा गरेका हुन्।

उनले त्यसबेला ओलीलाई गुण्डु लगायतका विभिन्न सुरक्षित स्थानमा राखेर सुरक्षा दिइएको बताए।

बस्नेतका अनुसार युवा संघ, जिल्ला चियापान कार्यक्रम तथा नेशनल भोलेन्टियर फोर्सजस्ता गतिविधिको बहानामा अध्यक्ष ओलीको सुरक्षा व्यवस्थापन गरिएको थियो।

उनले उक्त समयमा ओलीमाथि कुनै अप्रिय घटना भएको भए त्यसपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र नेता पृथ्वी सुब्बा गुरुङ समेत निशानामा पर्न सक्ने अवस्था रहेको दाबी गरे ।

जेनजी आन्दोलनको पृष्ठभूमि उल्लेख गर्दै बस्नेतले पौडेल र गुरुङले नैतिक रूपमा ओलीलाई गलत भन्न नमिल्ने जिकिर गरे।

शुक्रबार बसेको एमाले सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको समीक्षा गर्न कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए। उक्त कार्यदलको नेतृत्वका लागि रामबहादुर थापाको नाम प्रस्ताव गरिएको थियो।

निर्वाचन समीक्षाको क्रममा पौडेलले पार्टी पुनर्गठन, आन्तरिक कमजोरी सुधार तथा बहुपदीय प्रणालीको अभ्यास उपयुक्त नभएको धारणा राखेका थिए।

त्यसैलाई लिएर ओलीको नेतृत्वमाथि प्रश्न उठिरहेको चर्चा भइरहेका बेला बस्नेतले अध्यक्ष ओलीको बचाउ गर्दै नेतृत्व सक्षम र आवश्यक रहेको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077