Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु, ३३३ घाइते

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु, ३३३ घाइते

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेपालमा वि.सं. २०८३ वैशाखयता विपद्मा परेर ७० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा भएका १ हजार ३४२ विपद्जन्य घटनामा ७० जनाको मृत्यु र ३३३ जना घाइते भएका हुन् । 

पछिल्लो ४० दिनमा भएका विपदजन्य घटनामा सबैभन्दा बढी लेक लागेर १६ जनाले ज्यान गुमाएका छन्। 

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन्। 

यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एक÷एक जनाको मृत्यु भएको छ।

ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

विपद्जन्य घटना सङ्ख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन्। यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेरका तीन जनाको मृत्यु भएको छ। ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077