Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुम्ला-बाजुरा सीमा विवाद : छानबिन गर्न एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन

हुम्ला-बाजुरा सीमा विवाद : छानबिन गर्न एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन

आइतवार , जेठ १०, २०८३

काठमाडौं । गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्ने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको हो। 

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको सहसचिव आनन्द काफ्लेले बताए। टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। 

गृह मन्त्रालयका अनुसार हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको छ।विज्ञप्तिमा भनिएको छ,‘सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत निर्देशन दिइसकेको छ। यसका साथै, स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न मन्त्रालयले दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ।’

विवाद्को स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवम् सरोकारवाला निकायहरूसँग समेत पटक-पटक समन्वयात्मक बैठकहरू आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको मन्त्रालयको भनाई छ।

नागरिकको जीउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न गृह मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको र दुवै जिल्लाका नागरिकहरूलाई संयमता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। 

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा सीमाको विषयलाई लिएर मंगलबार विवाद भएको थियो। उक्त घटनामा ६ जना घाइते भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077