Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमालयन लाइफका सीइओद्वारा २३ करोड हिनामिना भएको स्वीकार, आफ्नो संलग्नता भने अस्वीकार

हिमालयन लाइफका सीइओद्वारा २३ करोड हिनामिना भएको स्वीकार, आफ्नो संलग्नता भने अस्वीकार

बुधवार , जेठ १३, २०८३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कपिल कुमार दाहालले हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडबाट २३ करोड रुपैयाँ गैरकानूनी रुपमा ट्रान्सफर भएको स्वीकार गरेका छन् । यद्यपी उनले उक्त कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् । 

अनलाइननेपाल डटकममा जेठ १२ गते मंगलबार ‘२३ करोड घोटालामा मुछिए हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ दाहाल, सीआईबीद्धारा खाता रोक्का’ शिर्षकमा प्रकाशित समाचाररप्रति खण्डन गर्दै उनले गैरकानूनी रुपमा ट्रान्सफर भएको कार्यमा आफ्नो संलग्नता नरहेको जानकारी गराएका हुन् । 

अनलाइन नेपालको आधिकारिक इमेलमा खण्डन पत्र पठाउँदै उनले भनेका छन्–‘सर्वप्रथम नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडबाट २३ करोड रुपैया गैरकानूनी रुपमा ट्रान्सफर गरिएको भनि अनुसन्धान गरेको तर सो कार्यमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु । म तत्कालिन अवस्थामा हिमालयन लाइफ इन्स्योरेन्सबाट प्रतिनिधित्व गरी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडमा अध्यक्ष रहँदा सो रकम ट्रान्सफर गर्नको लागि संचालक समितिबाट कुनै निर्णय नभएको, मैले व्यक्तिगत रुपमा कुनै प्रकारको निर्देशन नदिएको, बैंकरका तत्कालिन प्रमुख कार्यकारी अधिकृतबाट सो कार्य आफु खुशी गरेको कारणले निजलाई सेवाबाट समेत बर्खास्त गरिएको जानकारी गराउँदछु ।’

आफू कसैको गैरकानूनी कार्यमा समर्थन गर्ने व्यक्ति नभएको दावी गर्दै उनले भनेका छन्–‘म पेशागत कार्य गर्दा सदैब कम्पनीको पक्षधरता लिने व्यक्ति हुँ । मैले मौखिक आदेश दिएर सीइओ सुमेर शमशेर जबराले शेयर खरिद गर्न २३ करोड रकम भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई ट्रान्सफर गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको र सो विवरण तथ्यहिन रहेको जानकारी गराउँदछु ।’

यस्तो छ दाहालको खण्डन पत्र

him.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077