Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खच्चामा सुक्खा पहिरोले सडकखण्ड अवरुद्ध

खच्चामा सुक्खा पहिरोले सडकखण्ड अवरुद्ध

बिहिवार , जेठ १४, २०८३

सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।

माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको र सो पहिरो पन्छाउने कार्य हुन नसकेको कारण सडक अवरुद्ध रहेको हो ।

पहिरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजीकार्य भइरहेको छ ।

उपकरण प्राप्त भएपछि पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।  

सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् ।

यातायातका साधन खच्चा र सर्केगार्डमा रोकिएका छन् । उक्त स्थानमा पटकपटक  सुक्खा पहिरो खस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077