Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । गणतन्त्र दिवस–२०८३ को मूल समारोहका क्रममा ड्युटीमा खटिएका एक नेपाली सैनिक जवान बेहोस भएका छन् ।

टुँडीखेलस्थित समारोहस्थलमा कार्यक्रम जारी रहँदा ती जवान अचानक बेहोस भएपछि सुरक्षाकर्मीले तत्काल उद्धार गरी प्राथमिक उपचारका लागि पठाएको जनाइएको छ ।

घटनापछि केही समयका लागि सुरक्षाकर्मीहरू सतर्क अवस्थामा परिचालन भएका थिए। बेहोस भएका सैनिक जवानको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

समारोहमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो र कार्यक्रम सामान्य रूपमा अघि बढिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077