काठमाडौं । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।
खेल मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। मलेसिया भने समूह एको उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो।
नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछ।
आज हारे पनि नेपालले एसियाली खेलकुदमा स्थान बनाउन थप एक मौका पाउनेछ। समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।