Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली पुरुष क्रिकेट टोलीको एसियन गेम्समा ऐतिहासिक प्रवेश

नेपाली पुरुष क्रिकेट टोलीको एसियन गेम्समा ऐतिहासिक प्रवेश

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।

एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।

छनोट प्रतियोगितामा सात टोली सहभागी रहेका थिए, जसलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने व्यवस्था रहेको र सेमिफाइनलमा पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट हुने प्रावधान रहेको छ।

नेपालको समूहमा मलेसिया र चीन मात्र रहेका थिए। कतारले नाम फिर्ता लिएपछि समूहमा सीमित प्रतिस्पर्धा भएको थियो, जसका कारण एक(एक जितपछि नै शीर्ष दुई टोलीको टुंगो लागेको हो।

नेपालले यसअघि आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूहविजेता बन्नका लागि खेल्नेछन् । अब नेपाल र मलेसियाबीच बिहीबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।

२० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुँदैछ ।

यता नेपाली महिला क्रिकेट टोली भने यसअघि नै चीनसँग पराजित भएपछि एसियन गेम्समा स्थान बनाउन असफल भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077