Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

शनिवार , जेठ १६, २०८३

महेन्द्रनगर। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल -७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

पुनर्वास नगरपालिका-९ हरियालीटोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउराघाँस गर्न गएका १५ जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल - ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए  ।

उद्धारमा सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीका साथै नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले सहयोग गरेको बताइएको छ ।  

मनसुन सुरु भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा एक्कासि पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकाले आमनागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077