Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नदी किनारबाट सशस्त्रका जवानसहित दुई जना बेपत्ता, खोजी कार्य जारी

नदी किनारबाट सशस्त्रका जवानसहित दुई जना बेपत्ता, खोजी कार्य जारी

आइतवार , जेठ १७, २०८३

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-५ क्षेत्रबाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेहरूमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बिओपीमा कार्यरत जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन रहेका छन्। 

खोजी क्रममा महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको छ 

प्रारम्भिक अनुसन्धानका आधारमा दुवै जना नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ। 

सोही आधारमा सुरक्षा निकायहरूले नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।

उनीहरू नाताले मामा-भान्जा पर्ने डडेल्धुरा प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077