Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न एसएसपी नेतृत्वको टोली हुम्ला पुग्यो

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न एसएसपी नेतृत्वको टोली हुम्ला पुग्यो

सोमवार , जेठ १८, २०८३

हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न यहाँ आएको टोली  घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको छ ।

टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ।   

यसअघि, गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरुप लिएपछि गृहमन्त्रालयले टोली गठन गरेको थियो।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रु ४० लाख बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरीचौकी निर्माण सुरु गरेपछि विवाद भएको हो।

सीमा विवादले उग्र रूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए। घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077