Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिपछि सुस्तामा तनाव, तटबन्ध निर्माण रोक्न एसएसबीको दबाब

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिपछि सुस्तामा तनाव, तटबन्ध निर्माण रोक्न एसएसबीको दबाब

सोमवार , जेठ १८, २०८३

नवलपरासी । प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सीमा तनाव बढेको छ।

स्थानीयहरुले भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सदस्यहरू नेपाली भूमिमा प्रवेश गरेर तटबन्ध निर्माण रोक्न दबाब दिएको आरोप लगाएका हुन् । 

सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा कटान नियन्त्रण तथा बस्ती संरक्षणका लागि तटबन्ध निर्माण भइरहेको बेला एसएसबीका ४० देखि ५० जना सदस्य निर्माणस्थलमा पुगेका थिए। त्यसपछि निर्माण कार्य प्रभावित भएको स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले बताएका छन्।

गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार एसएसबीले निर्माण कार्य तत्काल रोक्न दबाब दिएपछि काममा अवरोध सिर्जना भएको हो।

'नारायणी नदीको कटानबाट स्थानीय बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेका थियौं, तर भारतीय पक्षबाट आएर काम रोक्न दबाब दिइएको छ,' उनले भने।

स्थानीयवासीहरूले वर्षायाम नजिकिँदै गर्दा नदी कटानको जोखिम बढेकाले तटबन्ध निर्माण अत्यावश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार काम रोकिँदा बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचना जोखिममा पर्न सक्ने अवस्था बनेको छ।

सुस्ता क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको संवेदनशील भूभाग हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077