Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

स्वास्थ्य बिमा बोर्डले भन्यो - सामान्य बिरामीलाई आकस्मिक सेवा दिए भुक्तानी हुँदैन

स्वास्थ्य बिमा बोर्डले भन्यो - सामान्य बिरामीलाई आकस्मिक सेवा दिए भुक्तानी हुँदैन

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक (इमरजेन्सी) उपचारको रूपमा सेवा दिएर दाबी पेस गरेमा भुक्तानी नहुने स्पष्ट पारेको छ ।

बोर्डले सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक सेवा आवश्यक नपर्ने बिरामीलाई समेत त्यसै रूपमा उपचार गरेर दाबी पेस गर्ने प्रवृत्ति रोक्न निर्देशन दिएको हो।

बोर्डका अनुसार सामान्य बिरामीलाई आकस्मिक श्रेणीमा राखेर उपचार गराई दाबी पेस गरिएमा त्यस्ता दाबीको भुक्तानी नहुने र प्रचलित कानुनअनुसार कारबाहीसमेत हुन सक्ने स्पष्ट गरिएको छ।

बोर्डले जारी गरेको सूचनामा आकस्मिक उपचार आवश्यक पर्ने वास्तविक अवस्थाका बिरामीको उपचार भने बिमा योजनाअन्तर्गत भुक्तानी हुने उल्लेख गरिएको छ।

'आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भए उपचार पद्धतिअनुसार सेवा प्रदान गरी डिस्चार्ज गर्न सकिने व्यवस्था छ,' पत्रमा भनिएको छ।

बोर्डले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीहरूलाई नियमअनुसार मात्र सेवा दिन आग्रह गरेको छ। साथै सेवाग्राहीलाई पनि आवश्यकभन्दा बाहिर गएर अनावश्यक दबाब नदिन र तोकिएको प्रक्रियाअनुसार सेवा लिन आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077