Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

घाँस काट्न गएका चोखालको गोहीको आक्रमणबाट मृत्यु

घाँस काट्न गएका चोखालको गोहीको आक्रमणबाट मृत्यु

मंगलवार , जेठ १९, २०८३

चितवन । गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार मंगलबार घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो।

घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि आज खोजी गर्दा राप्ती नदीकिनारमा मृतावस्थामा भेटिएको उनले जानकारी दिए।

उनका अनुसार मृतकको खुट्टा गोहीले खाएको जस्तो देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077