Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

डाक्टरको लाइसेन्स परीक्षामा उत्कृष्ट बन्यो चितवन मेडिकल कलेज, ९३.१० प्रतिशत उत्तिर्ण

डाक्टरको लाइसेन्स परीक्षामा उत्कृष्ट बन्यो चितवन मेडिकल कलेज, ९३.१० प्रतिशत उत्तिर्ण

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चितवन मेडिकल कलेजले यसपटक उत्कृष्ट नतिजा हासिल गरेको छ ।

काउन्सिलका अनुसार चितवन मेडिकल कलेजका ९३.१० प्रतिशत विद्यार्थी परीक्षा उत्तीर्ण भएका छन् । उक्त कलेजबाट ५८ जनाले परीक्षा दिएका मध्ये ५४ जना सफल भएका हुन् ।

जेठ १९ गते सार्वजनिक गरिएको समग्र नतिजा अनुसार एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एमबीबीएस तर्फ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९२.२१ प्रतिशत, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट ८९.७७ प्रतिशत, केयू स्कूल अफ मेडिकल साइन्सेजबाट ८८.७३ प्रतिशत, गण्डकी मेडिकल कलेजबाट ८६.२७ प्रतिशत, नेपालगञ्ज मेडिकल कलेजबाट ८५.७१ प्रतिशत र नेपाल मेडिकल कलेजबाट ८५.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसबाट ८३.९३ प्रतिशत, काठमाडौँ मेडिकल कलेजबाट ७८.७९ प्रतिशत र लुम्बिनी मेडिकल कलेजबाट ७८.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।

vhfg6.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077