Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु बैंकको कर्जा दुरुपयोग प्रकरणमा ओपी पाण्डे पक्राउ

प्रभु बैंकको कर्जा दुरुपयोग प्रकरणमा ओपी पाण्डे पक्राउ

बुधवार , जेठ २०, २०८३

काठमाडौं । प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी फाउण्डेसनका अध्यक्ष ओपी भन्ने ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । 

काठमाडौंको रातोपुल बस्ने इन्स्टिच्यूड अफ एग्रीकल्चर फोरेस्ट एण्ड भेटेनरी साइन्स प्रालिका एकल सञ्चालक समेत रहेका पाण्डे आज छिरेश्वरनाथ नगरपालिका–१ धनुषा, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ परेका हुन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले जानकी मेडिकल कलेजका सञ्चालक पाण्डेलाई पक्राउ गरेको हो । 

धितोको अस्वभाविक रुपमा बढी मूल्यांकन गराई मिलेमतोमा प्रभु बैंकबाट कर्जा लिएको आरोपमा उनी पक्राउ परेका हुन् । 

त्यतिमात्र होइन, पाण्डेले प्रभु बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएका थिए, उक्त प्रयोजनमा कर्जा प्रयोग नगरी अन्यत्र प्रयोग गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । 

प्रभु बैंकमा भएको कर्जा हिनामिना प्रकरणमा सीआईबीले बैंकका उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरी अनुसन्धान तीव्र बनाएसँगै पाण्डे फरार भएका थिए । 

रामजानकी हेल्थ फाउन्डेसनको नाममा प्रभु बैंकबाट लिएको ठूलो परिमाणको कर्जा हाल खराब कर्जामा परिणत भएको बुझिएको छ। 

पाण्डेले कर्जा लिन फर्जी कागजात प्रयोग गरेको विषयमा पनि सीआईबीले अनुसन्धान गरिरहेको बुझिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077