Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एक जनाको मृत्यु

बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एक जनाको मृत्यु

बुधवार , जेठ २०, २०८३

रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–५, कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको छ ।

जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077