Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुदनप्रति लक्षित गर्दै गगन थापाले भने- सरकारले किन छानबिनको झन्झट गरेको होला ?

सुदनप्रति लक्षित गर्दै गगन थापाले भने- सरकारले किन छानबिनको झन्झट गरेको होला ?

मंगलवार , जेठ २६, २०८३

गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि सरकारले गरेको छानबिनमाथि प्रश्न उठाएका छन्।

मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उनले पुन गृहमन्त्री नै बनाउने भए गुरुङमाथि छानबिन गरेर सरकारले बेकारमा झन्झट किन गरेको भन्दै प्रश्न उठाएका हुन्।

गुरुङप्रति लक्षित गर्दै भने- 'त्यो देखाउने भनेको तपाईको जिल्लामा भएजस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ भनेजस्तो होइन, काले काले मिलेर खाउ भाले भने जस्तो होइन । यस्तो झन्झट किन गरिराखेको ? पहिल्यै होइन भन्देको भए भइहाल्यो ?'

यस्तै उनले पाँच बर्ष देश चलाउने जिम्मा पाएको रास्वपा सरकारले पार्टीको विधानले नभई देशको विधानले चल्न सुझाव दिएका छन् । 

उनले थप भने- 'पाँच बर्ष उहाँहरुले सरकार चलाउन पाउनुभएको छ । तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, देशको संविधानले सरकार चल्छ ।'

साथै देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको स्पष्ट पार्दै राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077