Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिवनियुक्त गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बैठकले गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।

यस निर्णयसँगै सुदूरपश्चिममा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विस्तारमा महत्त्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले शिक्षा तथा प्रशासनसँग सम्बन्धित विभिन्न नयाँ नियमावली र नीतिगत दस्तावेजहरू पनि स्वीकृत गरेको छ।

बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन एवं व्यवस्थापन नियमावली, २०८३कारागार नियमावली, २०८३ स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।

सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077