Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

'बालेन तेरो पाराले दुख पायो साराले' भन्दै मौलापुरमा प्रधानमन्त्रीको पुत्ला दहन

'बालेन तेरो पाराले दुख पायो साराले' भन्दै मौलापुरमा प्रधानमन्त्रीको पुत्ला दहन

बिहिवार , आषाढ २५, २०८३

रौतहट । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' को पुत्ला दहन गरिएको छ । 

जिल्लाको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुत्ला दहन गरेका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले जिम्मेवारी सम्हाल्न नसकेपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। त्यसपछि हालसम्म मन्त्रालयले अर्को अधिकृत नपठाएपछि बजेट फ्रिज भएको छ । 

प्रदर्शनका क्रममा स्थानीय बासिन्दाले ‘मौलापुरको बजेट फ्रिज गराउने 'बालेन सरकार मुर्दाबाद, मौलापुरलाई हाकिमविहीन बनाउने मन्त्री प्रतिभा रावल मुर्दावाद, बिजुली–पानीको भुक्तानी गर, सम्मानित अदालतको आदेश पालन गर, मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर, मौलापुरलाई हाकिमविहीन बनाउनेहरू होशियार, मौलापुरमा हाकिम पठाउँ, मौलापुरको बजेट फ्रिज गर्न पाइदैन बालेन तेरो मनोमानी चाहिदैन, बालेन तेरो पाराले दुख पायो साराले’ लगायतका नारा लगाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण विकास निर्माणका योजना, बजेट कार्यान्वयन तथा विभिन्न शीर्षकका भुक्तानी रोकिएको भन्दै स्थानीय, सेवाग्राही तथा विभिन्न लाभग्राही समूहले यसअघि पनि आन्दोलन गर्दै आएका छन्।

छ महिनादेखि तलब नपाएको भन्दै नगर शिक्षकहरूले पेनडाउन आन्दोलन गरिरहेका छन्। सरसफाइ कर्मचारीले तलब नपाएपछि काम छाड्दा नगरको सरसफाइ व्यवस्था पनि प्रभावित भएको स्थानीयको भनाइ छ।

यसैगरी सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार बर्षौदेखी बिजुली, पानीको भुक्तानी नरोक्न आदेश भए पनि मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएपछि सो भुक्तानी नहुने देखिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077