Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

टेलिकमको ३३ करोड बिलिङ ठेक्का मुद्दामा सबै प्रतिवादीले पाए सफाइ, संगीतालाई प्रबन्ध निर्देशकमा फर्किने बाटो खुल्यो

टेलिकमको ३३ करोड बिलिङ ठेक्का मुद्दामा सबै प्रतिवादीले पाए सफाइ, संगीतालाई प्रबन्ध निर्देशकमा फर्किने बाटो खुल्यो

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीलाई सफाइ दिएको छ ।

अदालतले उक्त ठेक्कापट्टामा भ्रष्टाचार भएको पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सबै आरोपितलाई निर्दोष ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको बिहीबारको इजलासले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीसहित सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो।

मुद्दा दर्ता हुँदा अर्याल प्रबन्ध निर्देशक थिइन्। जसका कारण सोही मितिदेखि उनी निलम्बित थिइन् । अदालतको फैसलासँगै उनलाई प्रबन्ध निर्देशकमा फर्किने बाटो खुलेको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कामा अनियमितता भएको आरोप लगाउँदै सुनिल पौडेल, संगीता पहाडीसहित टेलिकमका कर्मचारी प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, अमूल प्रधान, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण र परमात्मा भट्टराईविरुद्ध जनही ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यस्तै, ठेक्का सम्झौतामा संलग्न एसिया इन्फो कम्पनी, उसका वरिष्ठ निर्देशक लङ योङ्ग, काठमाडौं कार्यालयका तत्कालीन प्रोजेक्ट म्यानेजर ह्यवाङ वेइ (एल्लो) तथा स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको थियो। अदालतले उनीहरूलाई समेत सफाइ दिएको छ।

यो बहुचर्चित मुद्दामा विशेष अदालतले असार १७ गतेदेखि निरन्तर सुनुवाइ गर्दै आएको थियो। बिहीबार बहस सम्पन्न भएपछि अदालतले ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको प्रमाणित हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077