Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमद्वारा डेनमार्क र दक्षिण कोरियामा पनि रोमिङ सेवा सुरु

नेपाल टेलिकमद्वारा डेनमार्क र दक्षिण कोरियामा पनि रोमिङ सेवा सुरु

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले अब डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ (International VoLTE Roaming) सेवा प्रयोग गर्न सकिने भएको छ । 

यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता सम्पन्न भएको नेपाल टेलिकमले छ । 

यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ । 

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ । 

नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘भोल्टी अर्थात भ्वाइस ओभर एलटीई (VoLTE - Voice Over LTE) नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।’

कसरी सुरु गर्न सकिन्छ VoLTE सेवा ?

आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने *444# डायल गरी 'Activate VoLTE' विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुन्छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077