Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राससमा जागिरको अवसर, देशैभरबाट माग्यो पत्रकार

राससमा जागिरको अवसर, देशैभरबाट माग्यो पत्रकार

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । राष्ट्रिय समाचार समितिले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि देशभरका जिल्ला तथा प्रदेश राजधानीमा स्थानीय समाचारदाता (स्ट्रिङ्गर) र फोटो पत्रकार नियुक्त गर्न आवेदन आह्वान गरेको छ।

राससले शुक्रबार सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लामा प्रत्येक जिल्लाका लागि एक–एक जना स्थानीय समाचारदाता नियुक्त गरिने जनाएको छ।

काठमाडौं उपत्यकामा भने काठमाडौंका लागि ६ जना स्थानीय समाचारदाता र ४ जना फोटो पत्रकार, ललितपुरका लागि २ जना समाचारदाता र १ जना फोटो पत्रकार, तथा भक्तपुरका लागि १ जना समाचारदाता र १ जना फोटो पत्रकार नियुक्त गरिने सूचनामा उल्लेख छ।

त्यस्तै, सातै प्रदेशका राजधानी विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा पनि एक–एक जना स्थानीय समाचारदाता र एक–एक जना फोटो पत्रकार नियुक्त गरिनेछ।

राससले नियुक्ति प्रक्रियामा समावेशी सिद्धान्तलाई प्राथमिकता दिने जनाएको छ। महिला, मधेसी, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका योग्य उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। साथै, मल्टिमिडिया पत्रकारितामा दक्ष उम्मेदवारलाई अतिरिक्त प्राथमिकता प्रदान गरिने सूचनामा उल्लेख छ।

742096184_1008488645430441_8685246722707153678_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077