काठमाडौं । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्।
बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न भएको थियो।
वरियतामा दर्जनौं सचिवभन्दा पछाडी देखिए पनि २०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्कीलाई कार्यक्षमता, अनुभव र नेतृत्व क्षमताका आधारमा मुख्यसचिवका लागि नियुक्त गरिएको थियो ।
कार्कीले पदभार ग्रहणसँगै मुख्यसचिवका रूपमा नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्दै सरकारका निर्णय कार्यान्वयन, निजामती प्रशासनको समन्वय तथा प्रशासनिक सुधारका कार्यलाई अघि बढाउनेछन्।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।