Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सर्वोच्चलाई आयोगले भन्यो - बोहरालाई दोषी ठहर गरेका छैनौँ, अनुसन्धानका लागि सिफारिस गरेका हौं

सर्वोच्चलाई आयोगले भन्यो - बोहरालाई दोषी ठहर गरेका छैनौँ, अनुसन्धानका लागि सिफारिस गरेका हौं

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहरालाई कुनै पनि विषयमा दोषी वा कसुरदार नठहराएको स्पष्ट पारेको छ ।

आयोगले जेनजी आन्दोलनसम्बन्धी आफ्नो प्रतिवेदनमा उनको नाम उल्लेख भएपछि बोहराले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि लिखित जवाफ पेश गर्दै आफूले अनुसन्धानका लागि मात्र सिफारिस गरेको जनाएको हो ।

आयोगका अनुसार जेनजी प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा त्यसपछिका केही व्यक्तिका अभिव्यक्तिले प्रदर्शनकारीहरू उत्तेजित भएको भन्ने सूचनाका आधारमा बोहराको भूमिका सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान गराउन सिफारिस गरिएको हो, दोषी ठहर गरिएको होइन ।

आयोगले आफ्नो लिखित जवाफमा भनेको छ, 'बोहरालाई कुनै पनि विषयमा दोषी वा कसुरदार ठहर गरिएको छैन। निजको मर्यादामा आँच पुर्‍याउने आयोगको उद्देश्य पनि होइन। आयोगले स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्दै सम्बन्धित निकायबाट छानबिन गराउन मात्र भनेको हो।'

आयोगले प्राकृतिक न्यायको सिद्धान्तअनुसार अनुसन्धान गर्ने निकायसमक्ष आफ्नो भनाइ राख्ने अवसर बोहरालाई उपलब्ध रहने भएकाले संविधानद्वारा प्रदत्त कुनै पनि मौलिक अधिकार हनन नभएको जिकिर गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077