Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

घरमाथि पहिरो खस्दा एक महिलाको मृत्यु, दुईजना घाइते

घरमाथि पहिरो खस्दा एक महिलाको मृत्यु, दुईजना घाइते

सोमवार , आषाढ २९, २०८३

जाजरकोट । जाजरकोटमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । उनकी छोरी र नातिनी घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बुद्धिसागर पुरीका अनुसार जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोले ७१ वर्षीया जयशिलाकुमारी शाहको मृत्यु भएको हो ।

सोमबार बिहान २ बजेतिर जस्ता पाताको अस्थायी टहरामाथि ढिस्को खसेर च्याप्दा जयशिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोबाट  शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र उनकी ७ वर्षीया छोरी टीका थापा घाइते भएका छन।

उनीहरुको अवस्था सामान्य रहेको तथा स्थानीय अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077