Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

बिहिवार , आषाढ ३२, २०८३

बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ । 

जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् । रासस

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077