Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोनाको असर

    डिभोर्स गर्नेको संख्या बढ्यो

    डिभोर्स गर्नेको संख्या बढ्यो

    एजेन्सी
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । नोबेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर ५ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने १ सय भन्दा बढि देशमा संक्रमण फैलिसकेको छ ।

    चीनको वुहानबाट फैलिएको कोरोनाका कारण चीनमा भने फरक किसिमको असर परेको छ । कोरोनाका कारण विश्वभर खासगरी विश्व अर्थतन्त्रमा गम्भीर असर निम्त्याइसकेको छ ।



    तर, चीनमा भने अनपेक्षित रुपमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
    चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो ।



    चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ । छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन हिनेहरुको संख्या बढेको हो ।

    उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन् । कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार