Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुदूरपश्चिम कोरोनामुक्त: निको भएर सबै अस्पतालबाट ‘डिस्चार्ज’

    सुदूरपश्चिम कोरोनामुक्त: निको भएर सबै अस्पतालबाट ‘डिस्चार्ज’

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.4K
    SHARES

    धनगढी । धनगढीकी कोरोना संक्रमित महिलाकाे लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी छिन्। सेती प्रादेशिक अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको बताए।

    ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्।



    उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्।



    लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार