Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लकडाउनमा सैनिक पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंड्नेबिरुद्द कारवाही

    लकडाउनमा सैनिक पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंड्नेबिरुद्द कारवाही

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। लकडाउनमा नेपाली सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंड्ने बिरुद्द सेनाले कारवाही थालेको छ ।

    सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै हिंडेका केही व्यक्तिलाई पक्राउ समेत गरिएको सेनाको भनाइ छ।



    सैनिक पोशाक कताबाट ल्याए भन्ने छानविन गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले बताए।



    सर्वसाधारणले नेपाली सेनाको पोशाक लगाएर सवारी चलाउन थालेको पाइएपछि राजधानीमा सैनिक प्रहरीले चेकजाँच सुरु गरेको उनको भनाइ छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार