Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डिएसपी भन्दै अपहरण गरेर कारमा राखी लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

    डिएसपी भन्दै अपहरण गरेर कारमा राखी लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    फाइल:तस्बिर

    काठमाडौं। महानगरिय प्रहरी परिसर काठमाडौंले अपहरण तथा डाँका मुद्धाका फरार प्रतिवादी मनमैजु शान्तीटोल बस्ने वर्ष २६ को बाबु भन्ने अरुण आचार्यलाई पक्राउ गरेको छ।

    गत असोज ३ गते आफुलाई डिएसपी वताउने राकेश कुमार तामाङ, प्रहरी बताउने पितमलाल तामाङ, निखिल भन्ने दिपक कार्की र बाबु भन्ने अरुण आर्चायले पूर्व योजना अनुसार सुवास कुमार श्रेष्ठलाई अपहरण गरी उनको साथमा रहेको ५० ग्राम सुनको चुरा ११ थान, २ तोलाको बेरुवा औठी १ थान र ८० ग्राम बराबरको पुरानो सुन गालेको टुक्रा २ थान लुटेका थिए।



    लुट्ने क्रममा आर्चायले चलाएको कारमा राखी तमाङद्वय र कार्कीले जोरपाटीदेखि बिभिन्न स्थान घुमाउदै चाबहिलमा लगेर श्रेष्ठलाई छाडेका थिए।



    त्यतिखेर परिसरले लुटेरा समुहका तामाङद्वयलाई पक्राउ गरी मुद्धा चलाएपछि अदालतको आदेश अनुसार उनीहरु पुर्पक्षको लागि  जगन्नाथ देवल सुन्धारामा चलान भएका थिए भने बाबु फरार रहँदै आएका  थिए।

    फरार  प्रतिवादी बाबु भन्ने अरुण आचार्यलाई परिसरले जेष्ठ १ गते गते तारकेश्वर नगरपालीका वडा नं ८ वाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा उपस्थित गराईएकोमा उनी पनि पुर्पक्षको लागि थुनामा पुगेको परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले वताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार