Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोनाका कारण ११ दिनमै आमा गुमाएका शिशु आज अस्पतालबाट फर्किए

    कोरोनाका कारण ११ दिनमै आमा गुमाएका शिशु आज अस्पतालबाट फर्किए

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ११ दिनमै आमा गुमाएका शिशु आज काभ्रेस्थित धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

    आमाको मृत्युपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका ति शिशुको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।



    उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो। तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो।



    तर, शिशुलाई अहिले कम भएपछि अस्पतालले थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न सुझाव दिंदै डिस्चार्ज गरेको हो ।

    सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको थियो ।

    परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ। उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार