Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बाँके र बर्दियामा थप ५ जना कोरोना संक्रमित फेला

    बाँके र बर्दियामा थप ५ जना कोरोना संक्रमित फेला

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसकाे थप ५ जना संक्रमित बाँके र बर्दियामा फेला परेका छन्।

    दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।



    त्यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए।



    याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा आइतबार दिउँसो १९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे थियाे ।

    पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आज दिउसो मोरङका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३, काठमाडौंका १, नुवाकोटका १, रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जना गरी १९ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिएका थिए।

    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ । नुवाकोटमा आज पहिलो पटक कोरोना संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ र बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको मृत्यु भएको छ भने ८७ जना निकाे भएर घर फर्केका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार